तीन हप्ते बालक सहित दुई जनाको मृत्यु
कतारमा कोरोना संक्रमितको संख्या केहि दिन देखि तिब्रताको साथ उकालो लागेको छ ।
आज देशभर थप ४,०२१ जनामा कोरोना भाइरस संक्रमण र २,५८६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भाइरसको कारण आज तीन हप्ते बालक सहित ९४ वर्षिय व्यक्तिको ज्यान गएको छ ।
आज भाइरस देखिएका मध्ये ३,५१८ जना स्थानिय र ५०३ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,९९,२४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३९,५३२ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – ६२८ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ९१ जना
निको हुनेको संख्या : २,५८,०१७
आज सम्म खोप वितरण : ५४,१२,७१७
बुस्टर डाेज खोप वितरण : ४,५४,५१२
आजको खोप वितरण : ३,४१२
निको हुन बाँकीको संख्या : ४०,६००
ज्यान जानेको संख्या : ६२६ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।