तेलको भाउ घट्याे
कतार पेट्रोलियम (क्युपी)ले मार्च महिनाका लागि तेलको भाउ निर्धारण गरेको छ ।
क्युपीले यो महिना पेट्रोलमा र डिजल दुवैको भाउमा घटाएको छ । निर्धारित नयाँ भाउ अनुसार मार्च महिनामा प्रिमियम पेट्रोलको १.६० ,सुपर पेट्रोलको १.६५ र डिजलको १.७० रियाल प्रती लिटर पर्नेछ ।
फेब्रुअरी महिनामामा प्रिमियम पेट्रोलको १.७५,सुपरको १.८५ र डिजलको भाउ १.९० रियाल प्रती लिटर रहेको थियो ।
क्युपीले गएको ५ महिना देखि डिजलको भाउ बढाएको थिएन । त्यस्तै पेट्रोलको भाउ पनि डिसेम्बरमा बढ्नु अघि सेप्टेम्बर , अक्टोबर र नोवेम्बर महिनामा सम्म उकालो लागेको थिएन ।
सन् २०१६ को अप्रिल देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्थ्यो । २०१७ को सेप्टेम्बर देखि भने कतार पेट्रोलियमले तेलको भाउ निर्धारण गर्दै आइरहेको छ ।
तेलको भाउ घटबढ हुन अघि कतारमा सुपर पेट्रोलको १.३० , प्रिमियमको १.२० र डिजलको १.४० रियाल प्रती लिटर रहेको थियो ।