तेस्रो हप्तामा नेपालीले जिते तीस हजार रियाल
जारी शप कतार २०१८ अन्तर्गतको तेस्रो हप्ताको भाग्यशाली विजेताहरुको नामावली सार्वजनिक गरिएको छ। गत बिहीबार तवार मलमा सम्पन्न लक्की ड्र मा १५ जना मध्येकाले दुई बीएम डब्लु कार र ५ लाख रियाल नगद जितेका छन्।ती मध्ये तीस हजार रियाल जित्ने भाग्यशाली नेपाली नागरिक कृष्ण बहादुर(भाउचर नम्बर १२४९१५) रहेका छ्न्।
स्थानीय तथा विदेशी पर्यटकहरूले अझै एक हप्ता फेस्टिवल लागेका १३ मलहरुमा दुई सय रियाल भन्दा माथिको किनमेल गर्दा वा खाँदा शप कतारको लक्की ड्र मा समावेस हुन पाउनेछन्।आउँदो अन्तिम ड्र तथा समापन फेब्रुअरी ८ तारिख दोहा फेस्टिवल सिटीको सेन्टर कोर्टमा हुनेछ।
सपिङ्ग फेस्टिवल लागेका मलहरु
अल खोर मल, सिटी सेन्टर दोहा, गल्फ मल, दोहा फेस्टिवल सिटी, ह्याट प्लाजा, लगुना मल, ल्यान्डमार्क मल, मल अफ कतार, तावर मल, द गेट मल, भिलाजियो मल, इज्दान मल र दर अल सलाम मल ।