बिज्ञापन

थप एक जनामा कोरोना भाइरस देखियो

कतारमा थप एक जनामा कोरोना भाइरस देखिएको छ । ती व्यक्ति पनि गत हप्ताको बिहिबार इरान बाट फिर्ता ल्याईएका मध्यका हुन् । संक्रमित बिरामीलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनको अवस्था सामान्य रहेको  छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

बिरामीहरु कतारमा घुलमेल गर्न नपाएका कारण सर्वसाधारणमा संक्रमण हुने सम्भावना निकै न्युन रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

 

नयाँ बिरामी पनि  कतारी व्यक्ति  रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इरानमा रहेका आफ्ना नागरिकलाई कतारले फेब्रुअरी २७ मा चार्टर्ड विमानमा स्वदेश फिर्ता ल्याएका थियो । स्वदेश फिर्ता ल्याईएकाहरुलाई अहिले दोहाको एक होटेलमा क्वारेन्टाइनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button