"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

दक्षिण अफ्रिका सहित तीन देशका यात्रुलाई कतार प्रवेशमा रोक

कतारमा दक्षिण अफ्रिका सहित तीन देशका यात्रुलाई प्रवेश नदिइने भएको छ ।

ती देशहरुमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखापरे संगै कतार एयरवेजले दक्षिण अफ्रिका , जिम्बावे र मोजाम्बिक देशका यात्रुलाई आजै देखि आफ्नो जाहजमा यात्रा गर्न नदिइने बताएको छ । तर कतार बाट त्यसतर्फ जाने यात्रुलाई भने कुनै रोकतोक गरिएको छैन ।

एयरवेजले भाइरस बारे विश्व स्वास्थ्य संगठनको जानकारी अनुसार दैनिक रुपमा यात्राको समिक्षा गर्ने बताएको छ ।

के हो नयाँ भेरिएन्ट ?

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ भेरिएन्टलाई भेरिएन्ट अफ ”कन्सर्न” घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ।

यो भेरिएन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ।

यो भेरिएन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो। हालसम्म ‌ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ।

कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्। नेपालले त्यसतर्फ बाट आउने यात्रुलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
5
खुसी लाग्यो
दुःख लाग्यो
42
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
5
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
बिज्ञापन
Back to top button