बिज्ञापन

दूतावासबाट अनलाइन पुन: श्रम स्वीकृति लिन सकिने

कतारस्थित नेपाली दूतावासबाट पुन श्रम स्वीकृति लिन सकिने भएको छ ।

दूतावासले आज एक सूचना जारी गर्दै अनलाइन मार्फत श्रम स्वीकृति लिन सकिने बताएको हो । श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाईट मा गएर आवेदन दिन सकिने छ ।

प्रक्रिया पूरा गर्न कतारी आईडी,राहदानी,करार सम्झौता पत्र,चालक भए लाइसेन्स,कतार आएको मिति,पुरानो श्रम स्वीकृति लिएको कागजात अपलोड गर्नुपर्नेछ ।

अनलाइन बाहेक दूतावास पुगेरै श्रम स्वीकृति लिन नसकिने र हालको लागि दैनिक ५० वटा सम्म टोकन उपलब्ध हुने दूतावासले बताएको छ ।

अनलाइनबाट आवेदन दिनका लागि https://feims.dofe.gov.np/ मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र लेखिएको ठाउँमा क्लिक गर्न पर्छ । त्यसपछि लगअनमा क्लिक गर्नुपर्छ ।

फेमिस सिस्टममा पहिले नै आवद्ध भएर पासवर्ड बिर्सिएको भएमा नयाँ पासवर्डका लागि दूतावासमा सम्पर्क गर्नुपर्छ । अनलाइनबाट सबै प्रक्रिया अघि बढाएर अन्तिममा गएपछि श्रम स्वीकृति दिने ठाउँमा भने दोहा कतार भनेर छनौट गर्न पर्छ ।

श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोषमा, जीवन बिमा र सामाजिक सुरक्षा कोषमा रकम बुझाउन पर्ने हुन्छ  । कनेक्ट आइपिएस, इसेवा र खल्ती लगायत एपबाट  रकम तिर्न सकिन्छ ।

दूतावासको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
4
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
4
रीस उठ्यो
बिज्ञापन
Back to top button