बिज्ञापन

दूतावासले संविधान दिवस मनायो

नेपाली राजदूतावास कतारले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ ।

दूतावासले आफ्नो सभाहलमा आज एक संक्षिप्त समारोह आयाेजना गरी आठौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ । उक्त समारोहमा कतारस्थित नेपाली समुदायका सदस्य तथा कतारमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले कार्यक्रमको शुरूवातमा दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्नु भएको थियो । नेपालको राष्ट्रिय गान पछि एक मिनेट मौनधारण गरी शहीदहरु प्रति सम्मान व्यक्त गर्दै कार्यक्रम अगाडि बढेको थियो । समारोहमा संविधान तथा राष्ट्रिय दिवसलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट तयार गरिएको विशेष भिडियो पनि देखाइएको थियो ।

राष्ट्रिय दिवस तथा संविधान दिवसको महत्त्वमाथी प्रकाश पार्दै राजदूत ढकालले कतारमा रहेका सबै नेपालीहरूमा राष्ट्रिय दिवस तथा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

यसै क्रममा वहाँले नेपालको संविधान २०७२ जारी हुँदासम्मको राजनैतिक विकासक्रमको ऐतिहासिकताको चर्चा गर्दै समृद्ध नेपालको अबको यात्रामा कतारलगायत विदेशमा रहेका नेपालीले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पार्नुभयो ।

राजदूत ढकालले कतारमा रहेका सम्पूर्ण नेपालीलाई नेपाली स्वाभिमान र मर्यादाको जगेर्ना गर्दै नेपालको पर्यटन प्रवर्द्धन, लगानी तथा व्यापार प्रवर्द्धनका लागि आआफ्नो तहबाट यथाशक्य भूमिका निभाउन आग्रह गर्नुभयो । त्यसका साथै कतारमा २० नोभेम्बर २०२२ देखि शुरु हुने विश्वकप आयोजनाका दौरान आतिथेय मुलुकलाई नेपाली समुदायको तर्फबाट सहयोग तथा सौहाद्रता प्रदर्शन गर्न समेत आह्वान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
4
खुसी लाग्यो
दुःख लाग्यो
3
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button