दोहा मेट्राेको ग्रीन लाइन सेवा डिसेम्बर १० देखि सुरु हुने
दोहा मेट्राेको पहिलो चरण अन्तर्गत ग्रीन लाइनको प्रारम्भिक सेवा आउने डिसेम्बर १० देखि सुरु हुने यातायात तथा सञ्चार मन्त्रालयले जनाएको छ । ग्रीन लाइन सेवाको रुट अल मन्सुरा देखि अल रिफा (मल अफ कतार) सम्म रहेको छ । यस सेवा सुरु भए पश्चात दोहा मेट्राे मध्येको मुख्य सेवा सन्चालनमा रहनेछ ।
#Doha Metro Green Line Test Operation Begins Tuesday.#DohaMetro #QatarRail pic.twitter.com/j7B54FuXnJ
— المواصلات والاتصالات (@MOTC_QA) December 5, 2019
जम्मा ११ रुट
देशको पुर्व देखि पश्चिम सम्म चल्ने यस सेवामा जम्मा ११ रुट रहनेछ । जसमा अल मन्सुरा,मिशरिब,अल बिद्दा,द व्हाइट प्यालेस,हमाद अस्पताल,अल मेस्सिला,अल रेयान अल कदिम,अल शकाब,कतार नेशनल लाइब्रेरी,एजुकेसन सिटी र अल रिफा (मल अफ कतार ) रहेको छ ।
एजुकेसन सिटी रंगशाला
यस रुट बाट एजुकेसन सिटी रंगशालामा फुटबल हेर्न जाने दर्शकका लागि निकै फाइदा पुग्नेछ । रंगशालाको उद्घाटन डिसेम्बर १८ तारिक हुँदैछ । सोही दिन रंगशालामा क्लब विश्वकपमा लिभरपुल समावेश सेमिफाइनल खेल पनि हुँदैछ । सो प्रतियोगिताको फाइनल खेल पनि यसै रंगशालामा हुँदैछ ।
सेवा समय
ग्रीन लाइन सेवा सन्चालन हुने समय पनि रेड र गोल्ड लाइनको जस्तै रहनेछ । मेट्राे सेवा शनिबारदेखि बिहिबार सम्म ६ देखि राती ११ बजे र शुक्रबार दिउँसो २ देखि राती ११ बजे सम्म रहनेछ ।
रेड,ग्रीन र गोल्ड लाइन बिचको मेट्राे सेवा मिशरिब स्टेशन बाट परिवर्तन गर्न सकिनेछ ।