दोहा मेट्राेको शुल्क बढ्याे
कागजको टिकट प्रयोग कम गर्न दोहा मेट्राेले शुल्क बढाउने भएको छ । स्ट्यान्डर्ड र गोल्ड क्लासको लिमिटेड टिकट भोलि फेब्रुअरी २१ देखि लागू हुनेगरी बढ्ने मेट्राेले सुचना जारी गरेको छ ।
नयाँ शुल्क अनुसार पहिले २ रियाल पर्ने स्ट्यान्डर्ड क्लास सिङ्गल यात्राको टिकट अब ३ रियाल र ६ रियाल पर्ने डे पासलाई ९ रियाल पर्नेछ ।
त्यस्तै पहिले १० रियाल पर्ने गोल्ड क्लासको टिकट १५ रियाल र ३० रियाल पर्ने डे पासको अब ४५ रियाल पर्नेछ ।
यता ट्राभल कार्ड बाट यात्रा गरिने स्ट्यान्डर्ड ,गोल्डक्लब लगायतको शुल्क भने यथावत नै रहने मेट्राेले जनाएको छ ।
ट्राभल कार्ड मेट्राे स्टेशनहरु बाट खरिद गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो