धुलो सहितको कडा हावा चल्ने,तापक्रम केहि घट्ने
भोलि शुक्रबार देखि देशैभर धुलो सहितको कडा उत्तरपश्चिमी वायु चल्ने कतारको मौसम विभागले जानकारी दिएको छ ।
यस समयमा वायुको गति ६५ कि.मी प्रति घन्टा बिच रहनेछ र समुन्द्री छाल ५ देखि १० फिट सम्म उठ्नेछ ।
त्यस्तै उच्च तापक्रम २३ देखि ३१ र न्यूनतम तापक्रम १३ देखि २१ डिग्री बिच रहनेछ । तापक्रममा गिरावट आउँदा चिसो महसुस हुने विभागले बताएको छ ।
मौसम विभागले यस समयमा समुन्द्री क्रियाकलाप नगर्न सर्वधारणलाई सावधानी समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
One Comment