नेपाल भारत बिचको मैत्रीपूर्ण फुटबल खेल २-२ को बराबरीमा
मैत्रीपूर्ण फुटबल खेल अन्र्तगत हिजो राती भएको नेपाल भारत बिचको खेल २-२ को बराबरीमा टुङ्गीएको छ । खेलको पाँचौ सेकेन्डमा नै कप्तान अमिर श्रेष्ठको गोल बाट अग्रता लिएको नेपाली टीमले निकै नै आक्रमक खेल खेलेको थियो । यधपी नेपाली टोलीको गरेको धेरै जसो प्रहारहरु बिफल हुन पुगेको थियो । खेलको २५ औ मिनेटमा भारतिय डिफेन्सले नेपाली खेलाडी गणेश खड्कालाई लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकीले नेपाली टोलीलाई २-० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा जस्तो राम्रो खेल्न नसकेको नेपाली टिमले ४५ औ मिनेटमा पहिलो गोल खाएको थियो । त्यस्तै खेलकोे तालमेल गुमाउन पुग्दा नेपालले ५५ औ मिनेटमा दोस्रो गोल खाएको थियो । नेपालले त्यसपछि पाएका केही राम्रा अवसहरु सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुङ्गीएको हो ।
खेल कतार अल इन्डिया फुटबल प्रतियोगिताको उद्घाटन समारोह अन्र्तगत भएको मैत्रीपूर्ण खेल हो । खेलका लागी नेपालको तर्फ राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकी र भारत तर्फ मोहम्मद रफीलाई आमन्त्रण गरिएको थियो । खेल दोहा स्थित अल अरबी स्टेडियमा हिजो राती ८ बजे सम्पन्न भएको थियो ।