बिज्ञापन

परराष्ट्रमन्त्री राणाद्वारा छेन्दुकाे दूतावास कार्यालयकाे निरीक्षण

काठमाडौं। चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महावाणिज्य दूतावास कार्यालयकाे निरीक्षण गरेकी छन्।

मन्त्री राणाले शुक्रबार सिचुवान प्रान्तस्थित छेन्दुकाे दूतावास कार्यालयमा निरीक्षण गरेकी हुन्।

महावाणिज्यदूत सुरेश राउतसहितका महावाणिज्यदूतावासका कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए।

मंसिर १७ गतेदेखि हुने प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे तयारीका लागि उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेकी  थिइन्।

– यस समाचारको श्रोत : www.prawaskhabar.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button