"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

पहिलो दिन १७ लाख कमाएको ‘पूर्ण बहादुरको सारङ्गी’ को नेपाल कलेक्सन ४७ करोड

काठमाडौं, मंसिर १३-

कात्तिक १५ गते रलिज भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपाली बक्सअफिसमा ४७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ले चार हप्तामा नेपालमा ४७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।

‘पूर्ण बहादुरको सारङ्गी’ले सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्रको रेकर्ड बनाइसकेको छ । ‘कबड्डी–४’को नाममा रहेको साढे २३ करोडको ग्रसकलेक्सनलाई उछिन्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रेकर्ड आफ्नो नाममा ल्याएको हो । ‘पूर्ण बहादुरको सारङ्गी’ले एकै दिन तीन करोड ८९ लाख ग्रसकलेक्सन गर्दै एकै दिन धेरै कलेक्सन गर्ने चलचित्रको रेकर्ड पनि आफ्नो नाममा राखेको थियो । तर, चलचित्रले पहिलो दिन मल्टिप्लेक्स र सिंगल थिएटर गरी जम्मा नेपालभरबाट १७ लाख ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

यस्तै हालसम्म नेपाल र नेपालबाहिर गरी ७० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको पूर्ण बहादुरको सारङ्गीलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छन् भने चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button