पाेर्चुगल-स्पेन बराबरी, राेनाल्डाे गरे ह्याट्रिक (हाइलाइट भिडियो)
विश्व फुटबलका दुई प्रभावशाली टोली स्पेन र पोर्चुगलबीच हिजो भएको भिडन्तमा रोनाल्डोले ह्याट्रिक गरेका छन् । स्पेनका डिएगो कोष्टाले २ तथा नाचोले १ गोल गरेका छन् ।
खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगलले अग्रता लिएको थियो। रोनाल्डोलाई स्पेनका न्याचोले डि-एरियाभित्र फउल हानेपछि पेनाल्टी पाएका हुन्। दुवै रियल म्याड्रिडमा सँगै खेल्छन्।
खेलको २४ औं मिनेटमा गोल गर्दै डिएगो कोष्टाले बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर रोनाल्डोले गोल गर्दै पुनः खेलमा अग्रता लिए। उनले पहिलो हाफको ४४ औं मिनेटमा उतकृष्ट गोल गरेका हुन् । स्पेनका डि जियाको गल्तीमा रोनाल्डो दोस्रो गोल गर्ने अवसर पाएका थिए ।
पहिलो हाफमा २-१ ले पछि परेको स्पेनले दोस्रो हाफमा थप दुई गोल गर्यो। खेलको ५५ औं मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए।
हाइलाइट हेर्नुहोस् :