बिज्ञापन

पिसिआर परिक्षण गर्नै सास्ती,नतिजा आउन दुई दिन कुर्नुपर्ने !

कतारमा कोरोनाभाइरसको तेस्रो लहर आएसंगै दैनिक संक्रमितको संख्या दिनहुँ हजार कट्न थालेको छ । स्वास्थ्य मन्त्रालयले यो संख्या दैनिक लगभग दुई हजार सम्म पुग्ने अनुमान गरेको छ ।

कोरोनासंक्रमण बढे यता पिसिआर परिक्षण गर्न यतिखेर सास्ती खेप्नुपरेको छ । सामान्यतया भन्दा १० गुणा बढी मानिस परिक्षण गर्न आउँदा स्वास्थ्य संस्थाले पनि छिटोछरितो सेवा दिन सकिरहेको छैन । यो स्थिती ड्राइभ थ्रु सेन्टरमा पनि त्यस्तै छ ।

निजि क्लिनिक र सरकारी स्वास्थ्य संस्थाले दिने एक दिनको परिक्षण टोकन बिहानै सक्किने गरेको छ । अहिलेको अवस्थामा परिक्षण गर्न दिनभर लाइन बस्नुपर्ने र नतिजा आउन दुई दिन भन्दा बढी समय लागेको छ ।

Photo: Twitter/@sidbawanyz

यता नतिजा ढिलो आउँदा कतार बाहिर यात्रा गर्ने यात्रु मर्कामा परेका छन् । सरकारले यात्रा गर्ने व्यक्तिलाई प्राथमिकतामा राखेर अलग्गै परिक्षण नीति नबनाउँदा हवाई टिकट नै सार्नुपरेको जनगुनासो बढिरहेको छ ।

त्यति मात्र नभएर परिक्षण केन्द्रमा घन्टाै लाइन बस्नुपर्ने र दुरी कायमको नियम पनि लागू भएको देखिदैन । यसरी कोरोनाको संक्रमण पनि अझै नबढ्ला भन्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
13
मनपर्‍यो
खुसी लाग्यो
8
खुसी लाग्यो
दुःख लाग्यो
141
दुःख लाग्यो
रुन मन लाग्यो
9
रुन मन लाग्यो
हाँसो लाग्यो
4
हाँसो लाग्यो
रीस उठ्यो
29
रीस उठ्यो
बिज्ञापन
Back to top button