`फिफा अरब कप २०२१´ का लागि टिकट बिक्री सुरु
फिफा अरब कप २०२१ का लागि टिकट बिक्री हिजो बाट सुरु भएको छ ।
विश्वकप सुरु हुन ठिक एक वर्ष बाकी हुँदा अरब कप यसै वर्षको नोभेम्बर र डिसेम्बर महिनामा कतारले आयोजना गर्दैछ ।
प्रतियोगितामा आयोजक कतार सहित १६ राष्ट्रले सहभागिता जनाउने छन् । नोभेम्बर ३० मा हुने उद्घाटन खेलमा अल बायत रंगशालामा कतारले बहराइनको सामना गर्नेछ । सोही रंगशालामा कतारको राष्ट्रिय दिवसको अवसर पारेर प्रतियोगिताको समापन हुनेछ ।
२०२२ विश्वकपका लागि निर्माण हुने आठ रंगशाला मध्ये प्रतियोगिता अल बायत , अल थुमामा,अह्मद बिन अलि, एजुकेसन सिटी ,रस अबु अबौद र अल जनौब रंगशाला गरि जम्मा ६ रंगशालामा खेलहरु सन्चालन हुनेछन् ।
टिकट कसरी लिने ?
प्रतियोगिताको लागि दोस्रो चरणको टिकट आज सेप्टेम्बर २८ देखि अक्टोबर १२ तारिक सम्मका लागि खुला गरिएको छ । भिसा कार्ड प्रयोगकर्ताले टिकट फिफाको वेबसाईट बाट खरिद गर्नुपर्नेछ । त्यस्तै अन्तिम अन्तिम चरणको टिकट नोभेम्बर २ देखि प्रतियोगिताको अन्तिम सम्म खुला हुनेछ ।
टिकटको मुल्य २५ रियाल देखि २४५ रियाल बिच रहेको छ ।