"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

बक्र इदमा ‘नेपथ्य’ आउने

झन्डै पाँच बर्षको अन्तराल पश्चात फेरि कतारमा नेपालको चर्चित लोक रक सांगीतिक समुह नेपथ्यको प्रस्तुती हुने भएको छ । “शान्तिको लागि संगीत” भन्ने नारा का साथ हुन लागेको ‘नेपथ्य लाइभ इन दोहा’ आउने  बक्र ईदको दोस्रो दिन सनैया स्थित ग्रान्ड मलको पछाडि रहेको एम्पिथियटरमा हुने आयोजक पक्षले हिजो एक पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् ।

दोहास्थित ओलिव एफएमको कार्यालयमा भएँको कार्यक्रम मार्फत लेवल एफ एन एड्भर्टाइजमेन्ट एण्ड इभेन्ट मुख्य आयोजक, सहआयोजको रुपमा कास्की आदर्श सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाज कतारको सयुक्त आयोजनमा उक्त कन्सर्ट हुने जानकारी प्राप्त भएको छ  ।

सन् १९९१ मा स्थापना भएसँगै ९ वटा एल्बम प्रकाशित गरिसकेको नेपथ्यका गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ । नेपथ्यको रेशम , भेडाको उन जस्तो , सकर्णाली , जोगले हुन्छ भेट , सिरानमा फोटो छ लगायत अन्य थुप्रै गित चर्चित छन् ।

संगीतिक मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको नेपथ्यले हरेक पुस्ताका नेपालीलाई नेपाली गीत संगीतमा चाख र गर्व गर्न लायक बनाउँदै आएको नेपथ्यको दोर्सो कतार यात्रालाई ऐतिहासिक र भव्य बनाउन कुनै कसुर बाँकी नराख्ने आयोजक  लक्ष्मण प्रसाद चौलागाई र दिपक भण्डारीले बताउनु भएको छ ।

पत्रकार समेलनमा गैरआवासीय नेपाली संघ आईसीसी सदस्य बिमल सुबेदी, कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष विश्वबन्धु थापा, रामनगर ठिमुराका गणेश थकुरी र रेडियो ओलिवका स्टेसन म्यानेजर अनिरुधाले आफ्नो मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रमको नाम : नेपथ्य लाइभ इन दोहा 
मिती : बक्र ईदको दोस्रो दिन
समय : साँझ ५ बजे
स्थान : सनैया स्थित ग्रान्ड मलको पछाडि रहेको एम्पिथियटर
टिकट दर : ३५ , ५० र १०० रियाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button