बराबरीमै रोकियो ब्राजिल
विश्वकप २०१८ को बलियो दाबेदार मानिएको पाँच पटकको विश्व च्याम्पियन ब्राजिल पहिलो खेलमा बराबरीमै रोकिएको छ । आज विहान सम्पन्न खेलमा स्वीजरल्याण्डसंग ब्राजिल ४० वर्षपछि पहिलो खेलमा बराबरीमै टुंगाएको छ ।
रसियाको रोस्तोभ एरिनामा भएको खेलमा ब्राजिलले स्वीजरल्याण्डसँग एक–एक गोलको बराबरी खेलेको हो । हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल सन् १९७८ पछि पहिलोपटक विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्न असफल भएको हो ।
ब्राजिलले खेलको पहिलो हाफमा नै अग्रता लिएको थियो । खेलको २० औं मिनेटमै फिलिप कोटिन्होको गोलमा ब्राजिलले अग्रता लिएको थियो । तर दोस्रो हाफमा ५० औं मिनेटमा स्वीट्जरल्याण्डका स्टेभेन जुबेरले कर्नरबाट आएको बललाई हेडरमार्फत आकर्षक गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो