"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

बागलुङ समाज कतारले शारीरिक अशक्त दाजुबहिनीलाई सहयोग गर्यो

तेजेन्द्र गैरे

बागलुङ सेवा समाज दोहा कतारले जन्मजात शारीरीक अशक्त दाजुबहिनीलाई सहयोग गरेको छ ।

बागलुङ नगरपालिका वडा न ७ वाटुले निवासी चन्द्र प्रसाद जैसीका २९ वर्षिय छोरा खेमलाल जैसी र २७ वर्षिया छोरी देवी जैसीको लागी सेवा समाजले ७२ हजार ६ सय रुपैयाँ नगद सहित खाध्यान्न तथा लत्ता कपडा गरी करिब १ लाख भन्दा बढिको सहयोग गरेको हो ।

सहयोग हस्तान्तरणको लागी बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का , ७ नम्बरका वडा अध्यक्ष मेघनाथ गैरे, समाजका अध्यक्ष सन्तोष पौडेल, निवर्तमान उपाध्यक्ष नगेन्द्र पौडेल लगायत अन्य स्थानीयहरुको  उपस्थिति रहेको थियो ।

आमा तुलसीले छोरी शारीरिक रुपमा बढी नाजुक रहेकाले दीर्घकालीन रुपमा सहयोगको लागी उपप्रमुख समक्ष अनुरोध गरेकी थिईन ।

समाजका अध्यक्ष पौडेलले जैसीका छोरीको लागी मानव सेवा आश्रम वा मानव उद्दार संघ संस्थामा उचित व्यवस्था गरीदिनुको लागी नगरपालिकालाई अनुरोध गरेका छन् । यता समाजले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्दता गरेको छ ।

साथै उप प्रमुख खड्काले सहयोग संकलन गर्ने बागलुङ समाज परीवारलाई धन्यवाद दिदै छोरीको दीर्घकालीन रुपमा व्यवस्था गर्नको लागी सहयोग गर्ने वचनबद्दाता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
21
मनपर्‍यो
खुसी लाग्यो
17
खुसी लाग्यो
दुःख लाग्यो
9
दुःख लाग्यो
रुन मन लाग्यो
4
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button