माघे संक्रान्तिमा राजदूतावास बन्द रहने
माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा कतारस्थित नेपाली राजदूतावास बन्द हुने भएको छ । दूतावासले आज सूचना प्रकशित गर्दै जनवरी १४ तारिख बिहीवार तारिख कार्यालय बन्द हुने जनाएको हो ।
नेपाल सरकारको मिति २०७७/९/२६ को निर्णयानुसार २०७७ साल माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा नेपालमा भएका सबै सरकारी कार्यालयहरु, सार्वजनिक निकायहरु, संघ/संस्था र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा मिति २०७७ साल माघ १ गते बिहीबार तदनुसार १४ जनवरी २०२१ का दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ कतारस्थित नेपाली राजदूतावासले सुचनामा भनेको छ ।
शुक्रवार र शनिवार नियमित बन्द रहने कतारस्थित नेपाली राजदूतावास जनवरी १७ तारिख आइतवार देखीमात्र दूतावासको कार्यालय पुन सञ्चालनमा आउने छ ।
कार्यालय बन्द रहने सूचना ।
Posted by Embassy of Nepal, Doha, State of Qatar on Wednesday, January 13, 2021