“मेट्राश २” एप खुलेन ? यसो गर्नुहोस
“मेट्राश २” कतारको आन्तरिक मन्त्रालयले स्थानीय तथा आप्रवासी नागरिकहरुको सुविधाको लागि विकास गरेको एक स्मार्ट फोन एप हो। यस एप मार्फत मोबाइल बाटै हरेक समय कुनैपनी ठाउँ बाट बिना झन्झट मन्त्रालयको सेवाहरु पाउन सकिन्छ। एप बाट भिसा, ट्राफिक ,आवासीय पत्र नवीकरण लगायत एक सय पचास भन्दा बढी सेवाहरु लिन सकिन्छ।
कसरी एक्टिभेट गर्ने ?
१. गुगल वा एप्पल स्टोर बाट “Metrash 2” एप डाउनलोड गर्नुहोस्।
२.आफ्नो कतारी आईडी नम्बर हाल्नुहोस्।
३.आफ्नो नामको आईडीमा दर्ता भएको मोबाइल नम्बर हाल्नुहोस्।
४.मोबाइलको म्यासेजमा आएको दुई वटा पिन कोड नम्बर (part1/part2) हाल्नुहोस्।
५. आफुले चाहेको पासवर्ड हालेर दर्ता पूरा गर्नुहोस्।
६.आफूलाई चाहिएको सेवाको विषयमा जानुहोस्।
पासवर्ड बिर्सिए के गर्ने ?
( पहिलो पटक एप एक्टिभेट गर्दा प्रयोग गरेको नम्बर चालु अवस्थामा साथमै भएकोहरुको लागि मात्र )
१. “Metrash 2” एप खोल्नुहोस ।
२. “Login” थिच्नुहोस ।
२. आईडी नम्बर हालेर “Next” थिच्नुहोस ।
३. “Forget password” मा थिच्नुहोस ।
४. आईडीको एक्स्पाईरी मिति हालेर “Next” थिच्नुहोस ।
५. अब Yes थिच्नुहोस । म्यासेज बक्स खुल्नेछ त्यसलाई “Send” गर्नुहोस ।
६. त्यसपछि म्यासेजमा आएको “part1/part2” कोड हालेर आफ्नो नयाँ पासवर्ड हाल्नुहोस र लगइन गर्नुहोस ।
७. एपको पासवर्ड परिवर्तन भएको म्यासेज पनि आउनेछ ।
नम्बर परिवर्तन गरेकोहरुको लागि
१. हुकुमी नम्बर १०९ मा फोन गर्नुहोस ।
२. अङ्ग्रेजी ,हिन्दी वा अरबी भाषा रोज्नुहोस ।
३. कर्मचारी संग सिधा कुरा गर्नुहोस । कुरा गर्दा अहिले प्रयोग गरेको नम्बर र मोबाइलमा आएको कोड र इमेल आईडी दिनुहोस ।
४. १५/२० मिनेट पछि एप खोलेर पुन एक्टिभेट गर्नुहोस ।
यो पनि पढ्नुहोस : राष्ट्रिय ठेगाना दर्ताको प्रमाणपत्र निकाल्नुपर्ने
One Comment