मेट्राे बिहान ३ बजे सम्म चल्ने
दोहा मेट्राेले सेवा समय बढाएको छ ।
मेट्राेले सूचना जारी गर्दै नोभेम्बर ३० देखि डिसेम्बर १८ सम्मका लागि सेवा समय बिहान ३ बजे सम्मका लागि थप गरेको जानकारी दिएको छ ।
शनिबारदेखि बिहीवारको सम्म मेट्राे बिहान ६ देखि भोलि बिहान ३ बजे सम्म चल्नेछ । त्यस्तै शुक्रबारको दिन मेट्राे बिहान ९ देखि भोलि बिहान ३ बजेसम्म चल्नेछ ।
फिफा अरब कपमा हुने दर्शकको चापलाई मध्यनजर गर्दै पहिलो पटक रेड लाइनमा ६ वटा मेट्राे चल्दैछ । प्रतियोगिताको अवधिभर जम्मा ११० वटा मेट्राेले सेवा दिनेछ ।
मेट्राे स्टेशन बाट हिडेरै पुग्न सकिने रंगशाला
खेल हेर्न मेट्राे स्टेशन बाट हिडेरै तीन वटा रंगशाला पुग्न सकिन्छ । जसमा रस अबु अबौद स्टेशन बाट ९७४ रंगशाला ,एजुकेसन सिटी स्टेशन बाट एजुकेसन सिटी रंगशाला र रिफ्फा स्टेशन बाट अह्मद बिन अलि रंगशाला नजिकै पर्नेछ ।
मेट्राे स्टेशन बाट हिडेर पुग्न नसकिने रंगशाला
त्यस्तै हिडेर पुग्न नसकिने रंगशालामा मेट्राेले शटल बसको व्यवस्था पनि गरेको छ । जसमा लुसेल क्युएनबी स्टेशन बाट अल बायत रंगशाला , फ्रीज सिटी स्टेशन बाट अल थुमामा रंगशाला र अल वक्रा स्टेशन बाट अल जनौब रंगशाला बस चढेर पुग्न सकिन्छ ।
खेल हेर्न फ्यान आईडी लिएका दर्शकको लागि मेट्राे डिसेम्बर १९ सम्म निशुल्क रहेको छ ।
One Comment