युएईले अवैध व्यक्तिलाई दुई महिनाको आममाफी दिने
युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि भोलि सेप्टेम्बर १ बाट दुई महिना अक्टोबर ३० सम्मका लागि आममाफी दिएको छ ।
आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् ।
नियम पर्यटक भिसा,भिसा सकिएको र कम्पनीबाट भागेका नागरिकलाई लागू हुनेछ । तर बिना भिसा अवैध रुपमा युएई आएका व्यक्तिमा भने नियम लागू हुनेछैन ।
सरकारको आममाफी पाएर देश फर्कन र नयाँ स्पोन्सर खोजेर काम गर्न कुनै शुल्क लाग्नेछैन । त्यस्तै आममाफी मार्फत देश छोडेर नयाँ भिसामा तुरुन्तै युएई फर्कन पाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
5
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
3
हाँसो लाग्यो
0
रीस उठ्यो