रमादान महिनामा निजी क्षेत्रले ६ घण्टा बढी काम लगाउन नपाउने
यो वर्ष रमादान महिनाको लागि सरकारले निजी क्षेत्रको लागि कार्य समय २ घण्टा घटाउन निर्देशन दिएको छ।केही दिन अघि मन्त्रालयले सरकारी क्षेत्रको लागि बिहान ९ देखि दिउँसो २ बजे सम्मका लागि कार्य समय तोकेको थियो।प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले सूचना प्रकाशित गर्दै निजी क्षेत्र अन्तर्गत पर्ने सम्पूर्ण कम्पनी,कार्यालय,संस्था लगायत अन्यलाई ६ घण्टा भन्दा बढी काम नलगाउन बताएको हो।
सो महिना अवधिभर मन्त्रालयले आफ्नो सामाजिक सञ्जाल मार्फत कार्य समय सम्बन्धमा कामदारको उजुरी लिने बताएको छ।साथै अत्यावश्यक कामको अवस्थामा ओभरटाइम बिना बढी काम लगाउने कम्पनीलाई मन्त्रालयले कारबाही समेत गर्ने मन्त्रालयले जनाएको छ।
उजुरी कहाँ गर्ने ?
प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालय
फोन नम्बर : ४०२८८८८८
ईमेल : info@adlsa.gov.qa
फेसबुक : https://www.facebook.com/ADLSAQA/
ट्विटर : @adlsaqa
इन्स्टाग्राम : @adlsaqa