बिज्ञापन

राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान कतार शाखाको अधिवेशन मार्च १६ मा

तिलु शर्मा पौडेल दोहा कतार, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल शाखा कतारको तदर्थ समितिले आफ्नो शाखाको अधिवेशन मार्चमा १६ मा गर्ने गरी कतारमा रहेका विभिन्न नेपाली संघसंगठन तथा पत्रकारहरु सङ्ग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

कतारको सल्वारोड स्थित ग्रिन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको संघसंस्था तथा पत्रकार भेटघाट कार्यक्रमको सभापतित्व राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपाल शाखा कतारका तदर्थ समिति उपसंयोजक शक्ति क्षेत्रीले गरेका थिए। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपालका मानर्थ सदस्य तथा शाखा कतारका सल्लाहकार ईश्वर काफ्ले प्रमुख अतिथि रहेका थिए l

कार्यक्रममा बिशेष अतिथिमा प्रतिस्ठान शाखा कतारका संयोजक कृष्ण बराल, सल्लाहकार देबिका केशी (गुरुङ) लगायत विभिन्न सामाजिक, साहित्यिक तथा बिभिन्न राजनीतिक दलका सस्था प्रमुख, व्यवसायी, समाजसेबी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो l

उक्त कार्यक्रममा संस्थाकी सल्लाहकार देविका केसीले लोक गित सङ्गीत र संस्थाका बारेमा आफना अनुभब सहित संस्था स्थापनाको उदेश्य माथि प्रकास पार्नु भएको थियो l

कार्यक्रममा तमु सेवा समाज कतारका दित्तीय उपाध्यक्ष भाइ काजी गुरुङ, लमजुङ सेवा समाज कतारका अध्यक्ष बिष्णुलाल श्रेष्ठ, बाग्लुङ सेवा समाज कतारका अध्यक्ष चन्द्रकान्त शर्मा, अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, जनसम्पर्क समितिका सह-महामन्त्री केदार भुषाल प्रबासी नेपालि मन्चका अध्यक्ष चानक पोखरेल लगायतले बोलेका थिए

कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपालका मानर्थ सदस्य तथा शाखा कतारका सल्लाहकार ईश्वर काफ्लेले लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउने अवसर जुटाउदै नेपाली कला र सस्कृतिको जगेर्ना गर्दै नेपाली कला सस्कृतीलाई बिदेशसम्म पहिचान दिलाउने प्रतिस्ठानको मुख्य उदेश्य रहेको बताउनु भएको थियो ।

कार्यक्रमलाई संचालन संस्थाका सचिव मोहन शाहले गर्नु भएको थियो l

‘राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपाल शाखा कतार’ बहुजाति ,बहुभाषी तथा बिबिध सस्कृतिको धनी मुलक नेपालको राष्ट्रिय पहिचानलाई झल्काउने लोक सस्कृतिको धरोहरको रुपमा रहेको र यसलाई ब्यबस्थित एबम मर्यादित गराउदै नेपाली समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिकपनलाई जोगाउन लोक-दोहोरी संग आबद्ध सम्पूर्ण कलाकार तथा सुभेच्छुकहरुको एकजुटतामा २०५८ सालमा स्थापना भएको संस्था हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button