विश्वकपको टिकट काउन्टरबाट खरिद गर्न सकिने
कतारले अर्को महिना आयोजना गर्ने फिफा विश्व २०२२ प्रतियोगिताको बाँकि भएका टिकटको बिक्रि भोलि खुल्ने भएको छ ।
प्रतियोगिता आयोजना हुन एक महिना अघि आज दोहामा भएको एक पत्रकार सम्मेलनमा बोल्दै फिफाका प्रमुख कार्यकारी अधिकृत कोलिन स्मिथले अनलाइन मार्फत बिक्री नभएको बाँकि टिकटको काउन्टर सेल्स दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा भोलि देखि खुल्ने बताएका छन् ।
टिकट खरिद गरिसकेका दर्शकहरुको समस्या समाधान पनि सोहि सेन्टर बाट हुने स्मिथले बताए ।
टिकट खरिद गरेकाहरुले खेलको टिकट डाउनलोड गर्न छुट्टै एप इन्स्टल गर्नुपर्ने र रंगशाला भित्र प्रवेश गर्न टिकट संगै हय्या कार्ड दुबै आवश्यक पर्ने स्मिथले बताएका छन् ।
तीस लाख बढी टिकट बिक्रि
विश्वकप खेलको ३० लाख भन्दा बढी टिकट बिक्रि भैसकेको फिफाले जनाएको छ । फिफाको अनुसारअनुसार अझै २ लाख १० हजार टिकट बिक्रि हुन बाँकि छ ।
टिकट खरिद गर्ने सबैभन्दा बढी कतारबाट रहेको छ । कतार संगै अमेरिका,साउदी अरेबिया , बेलायत, मेक्सिको, युएई, अर्जेन्टिना, फ्रान्स, ब्राजिल र जर्मनी क्रमश १० देशको सुचीमा छन् ।