विश्वकपको ट्रफी कतार आइपुग्यो
विश्वकपको सक्कली ट्रफ्री कतार आईपुगेको छ ।
गएको मे महिनामा युएईबाट सुरु भएको ट्रफीको विश्व भ्रमण ५० भन्दा बढी देश पुगेर सकिएको छ ।
ट्रफी प्रतियोगिताको समापन सम्म सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी र फिफाको निगरानीमा रहनेछ।
विश्वकपको उपाधि विजेता खेलाडीले मात्र ट्रफी बोक्न वा छुन पाउने फिफाको नियम छ। यात्रा क्रममा विजेता खेलाडीबाहेक सम्बन्धित देशका राष्ट्र प्रमूखले ट्रफी बोक्न पाउनेछन् ।
१८ क्यारेट सुनबाट निर्मित ३६.८ सेन्टिमिटर उचाइ तथा ६ किलो १ सय ७५ ग्राम तौलको हालको ट्रफी सन् १९७४ को विश्वकप विजेताले पहिलोपल्ट पाएको थियो । ट्रफीको तल १९७४ यताका विश्वकप विजेता राष्ट्रको नाम उल्लेख गरिएको छ ।
विश्वकप विजेतालाई केही समयपछि प्रतिलिपी दिएर सक्कली ट्रफी फिफाले राख्ने चलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
29
मनपर्यो
97
खुसी लाग्यो
13
दुःख लाग्यो
6
रुन मन लाग्यो
16
हाँसो लाग्यो
11
रीस उठ्यो