विश्वकपको समयमा सरकारी कार्यालय चार घण्टा मात्रै खुल्ने
विश्वकपको समयमा सरकारी कार्यालयले कार्यसमय घटाउने भएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार नोभेम्बर १ देखि डिसेम्बर १९ सम्म सरकारी कार्यालयको कार्यसमय बिहान ७ देखि ११ बजे सम्म मात्र हुने भएको छ । सो समयमा २० प्रतिशत कर्मचारीले कार्यालयबाट र बाँकी ८० प्रतिशतले घर बाटै काम गर्न निर्णयमा उल्लेख गरिएको छ ।
सरकारी क्षेत्रको सुरक्षाकर्मी , सैनिक ,स्वास्थ्य र शैक्षिक क्षेत्रका कर्मचारीलाई यो नियम लागू हुने छैन ।
त्यस्तै निजि क्षेत्र साबिककै समय अनुसार चल्ने निर्णयमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
53
मनपर्यो
14
खुसी लाग्यो
9
दुःख लाग्यो
1
रुन मन लाग्यो
10
हाँसो लाग्यो
7
रीस उठ्यो