विश्वकप हेर्न आउने दर्शक आफ्नो आफन्त वा साथीसंग बस्न पाउने
कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप हेर्न आउने दर्शक आफ्नो परिवार वा साथीभाइ संग बस्न पाउने भएका छन् ।
त्यसका अलवा दर्शकले बस्नको लागि होटल, अपार्टमेन्ट, भिला, फ्यान भिलेज ,क्रूज जहाज रोज्ने विकल्प पाउनेछन् ।
हय्या पोर्टलका अनुसार प्रतियोगिताको लागि एक व्यक्तिले १० जना सम्मलाई निम्तो गर्न पाउनेछन् ।
विश्वकप हेर्न टिकट खरिद गरिसकेपछि अनिवार्य हय्या कार्ड बनाउनुपर्नेछ । अन्य देशबाट आउने दर्शकले उक्त कार्ड बिना कतार प्रवेश गर्न पाउँदैनन् ।
हय्या कार्डले स्टेडियममा प्रवेश (म्याच टिकट सहित), कतारमा प्रवेश (अन्तर्राष्ट्रिय फ्यानहरूका लागि), खेलका दिनमा सार्वजनिक यातायातमा पहुँच र स्मार्ट यात्रा योजना (ह्याया एप मार्फत) प्रदान गर्नेछ ।
One Comment