शेखा आस्माले सगरमाथा चढिन्
कतारी राजपरिवारकी सदस्य शेखा आस्मा अल थानीले विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
यो संगै सगरमाथा आरोहण गर्ने शेखा आस्मा पहिलो कतारी महिला बनेकी छिन् ।
उनले यसै महिना ताप्लेजुङमा पर्ने आठ हजार ५८६ उचाइको कन्चनजङ्घा हिमालको आरोहण गरेकी थिइन् । त्यस्तै उनले मनास्लु हिमाल पनि बिना अक्सिजन चढेकी थिइन् ।
उनलाई कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पा सहितको इलाईट एक्स्पेडिसनले टिमले गाइड गरेको थियो । गत वर्षको वसन्त ऋतुमा आस्माले एक्स्प्लोरर ग्रान्ड स्लाम अर्थात विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित सगरमाथा आरोहणका लागि नेपाल पुगेकी थिइन् ।
उनले नेपालको धौलागिरी , दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी छिन् ।