"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

श्रम स्वीकृति लिन अब काठमाडौं आउन नपर्ने

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार ऐन संशोधन गर्ने नागरिक न्यूजले लेखेको छ । २०६४ सालमा बनेको उक्त ऐन संशोधन नहुँदा विदेश जाने कामदार पीडित हुँदै आएका छन्। त्यतिबेलाको ऐन कामदारलाई भन्दा मेनपावरलाई संरक्षण गर्ने भएको आरोप लाग्दै आएको छ। मेनपावरले ठगी गर्दा समेत सोही ऐनको आडमा वैदेशिक रोजगार विभागले उन्मुक्ति दिँदा कामदार वर्षौंदेखि पीडित रहँदै आएका छन्।

ऐन संशोधनमा विगतका श्रममन्त्रीको उदाशिनताले पटक पटक यो प्रयास असफल हुँदै आएको छ। मन्त्री भएको दोस्रो दिन मन्त्रालय पुगेका विष्टले भने, ‘मेरो पहिलो प्रयास वैदेशिक रोजगार ऐन संशोधन गर्ने हुने छ। जुन ऐन उर्जा ऐन बनेपछिको सफलता जस्तै हुने छ।’

यस्तै उनले केन्द्रीकृत रहेका वैदेशिक रोजगारीका निकायलाई विकेन्द्रीत गर्ने बताए। देश संघीयतामा गए पनि वैदेशिक रोजगार विभाग केन्द्रीकृत रहेको छ। यसबारे संविधान समेत केही बोलेको छैन। ‘ऐन संशोधन गरेर विकेन्द्रीकरण गर्ने र केही दिनमै २ नम्बर क्षेत्र र पश्चिमको कुनै पायक पर्ने ठाउँबाट श्रम स्विकृत दिन व्यवस्था मिलाइने छ’, विष्टले भने, ‘आइतबार नै मैले कम्तिमा दुई स्थानमा श्रम स्विकृत दिने व्यवस्था मिलाउन विभागका महानिर्देशक र सचिवलाई निर्देशन दिइसकेको छु।‘

त्यस्तै उनले मन्त्रालयले लिने गरेको पीडितको उजुरीलाई पनि छ दिननै संकलन गरिने बताए। यस अघि मन्त्रालयले वैदेशिक रोजगारीको क्रममा पीडित हुनेको उजुरी हप्तामा एक दिन बुधबार मात्र लिने गर्थ्यो।

यस्तो छ अनलाइनबाटै श्रम स्वीकृति लिने प्रक्रिया

वैदेशिक रोजगार विभागले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै दिन थालेको छ । यो सँगै श्रम स्वीकृतिका नाममा हुने ठगी र लापरबाही रोकिने छ । कामका लागि विदेश जाने नेपालीले अव घरैबाट अनलाइन मार्फत आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने छन् ।

माघ १९ गतेदेखी पूर्व तथा अन्तिम श्रम स्वीकृति अनालाईबाटै दिन थालिएको हो । तर अनलाइनबाट श्रम स्वीकृति लिने प्रक्रिया थाहा नहुँदा धेरैले प्रयोग गर्न सकिरहेका छैनन् ।

श्रम स्वीकृति नविकरण गर्न होस् या श्रम स्वीकृति माग गर्न हनलाइनबाटै सकिने छ । त्यसका लागि वैदेशिक रोजगार विभागको वाइवसाइटबाट फर्म डाउनलोड गर्नु पर्छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा रकम जम्मा गर्नका लागि विभिन्न बैंक तोकिएको छ । ती बैंकमा रकम जम्मा गर्नु पर्नेछ । बैंकले पनि त्यो विवरण अनलाइन शाखालाई उपलब्ध गराउने छ । कल्याणकारी कोषमा रकम जम्मा गर्न यी बैंकलाई तोकिएको छ ।

१ लक्ष्मी बैंक
२ ग्लोवल आइएमई बैंक
३ सानिमा बैंक
४ प्रभु बैंक
५ सेन्चुरी कमर्सियल बैंक
६ सिद्धार्थ बैंक

आफ्नै ठाउँमा रहेका बीमा कम्पनीका शाखाबाट वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्न सकिने छ । त्यो विवरण बीमा कम्पनीले वैदेशिक रोजगार विभागको श्रम स्वीकृति अनलाइन शाखामा पठाउने छ  । बैदेशिक रोजगार म्यादी जीवन बीमा गर्ने कम्पनीहरु

१ प्राइम लाइफ इन्स्योरेन्स
२ नेशनल लाइफ इन्स्योरेन्स
३ नेपाल लाइफ इन्स्योरेन्स
४ सुर्य लाइफ इन्स्योरेन्स
५ गुराँस लाइफ इन्स्योरेन्स
६ एलआइसी इन्स्योरेन्स

रकम जम्मा गरि सकेपछि श्रम स्वीकृतिका लागि अनलाइनबाटै आवेदन दिन सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button