बिज्ञापन

सरकार जनताप्रति जिम्मेवार छः प्रधानमन्त्री ओली

काठमाडौँ, मंसिर ११-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति जिम्मेवार रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेकले संविधान र कानुन मान्दिन भनेर गयो भने समाजलाई सरकारले ठिक बाटोमा हिँडाउन सक्नुपर्ने बताएका हुन् ।

‘राज्य जिम्मेवार, आमाजस्तो सरकार हुनुपर्छ’, उनले भने, ‘जनता कानुन र संविधानभन्दा माथि हुन्छ, जनताले हेरफेर र परिवर्तन गर्न सक्छ तर सामूहिक शक्तिका भरमा ।’ उनले इण्डिभिज्युअल रुपमा संविधान र कानुन सबैले मान्नुपर्ने बताए ।

‘हरेकले कानुन र संविधान मान्दिनँ भनेर, स्वेच्छाचारी ढंगले बोलेर, सभ्यता र संस्कृतिको धज्जी उडाएर, गति छोड्यो भन्यो सरकारले जिम्मेवार ढंगले समाजलाई ठिक बाटोमा हिँडाउने कर्तव्य हुन जान्छ’, प्रधानमन्त्रीको भनाई छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button