सवारी लाइसेन्स कसरी लिने ?
कतारमा सवारी चालक अनुमतिपत्र पाउन पहिले जस्तो सजिलो छैन् । कतार सरकारले सडक निर्माणको कार्य सम्पन्न नहुन्जेल यातायात ब्यवस्थापन गर्न धेरै जसो पेशामा अनुमतिपत्र लिन रोक्दै आइरहेको छ । आफ्नो पेशाले सवारी लाइसेन्स लिन पाईन्छ की पाईदैन भनेर सर्वप्रथम बुझ्न आवश्यक छ ।
कतारमा १८ वर्ष उमेर भन्दा माथीकाले हलुका सवारी र २१ वर्ष माथीकाले सबै खालको सवारी अनुमतिपत्र लिन पाउने प्रावधान रहेको छ ।
सवारी चालक अनुमतिपत्र पाउन पुरा गर्न पर्ने प्रक्रिया यस्ता छन्
१.सबैभन्दा पहिले तपाईको रोजगार पदले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन पाईन्छ कि पाईदैन त्यो बुझ्न जरुरी छ ।
लाइसेन्स लिन नपाउने जागीरका पदहरू हेर्न यहाँ थिच्नुहोस्।
त्यसपछि ओमर बिन अब्दुल अजिज स्ट्रिट मा रहेको आन्तरिक मन्त्रालयको ट्राफिक शाखामा गएर लाइसेन्सको निवेदन दिनुपर्दछ ।
निवेदनको फारम डाउनलोड गर्न यहाँ थिच्नुहोस् ।
मन्त्रालयकोफोन नं 2344444 फ्याक्स :44872624 इ-मेल traffic@moi.gov.qa
२. हल्का अनुमति पत्रको लागि उमेर कम्तिमा १८ र हेभी अनुमति पत्रको लागि २१ वर्ष पुगेको हुनुपर्दछ ।
३. आवश्यक पर्ने कागजपत्र
♠ कतारी आइडी,रेसिडेन्स पर्मिट,पासपोर्टको फोटोकपी,३ वटा पासपोर्ट साईजको कलर फोटो,निवेदन सहित पेश गर्नपर्दछ ।
♠आफ्नो स्पोन्सर बाट “नो अबजेक्सन” (एनओसी) लेटर,स्पोन्सरको आइडी कपी वा कम्पनी को दर्ता पत्रको कपी लिन पर्दछ ।
४. ट्रायलको लागि आखाँको जाँच पनि पास गर्नपर्दछ । जाँच ट्राफिक शाखाको कार्यलयमै वा कुनै पनि आधिकारिक मेडिकल बाट लिन सकिन्छ ।
५. सबै कागजपत्र संगै निवेदन पेश गरेपछि कतार सरकार बाट मान्यता प्राप्त ड्राइभिङ्ग स्कुल बाट ट्रेनिङ्ग लिन पर्दछ । ड्राइभिङ्ग स्कुल बाट कम्तिमा १५ घन्टा थेवरी क्लास र ३५ घन्टा प्य्राक्टिकल क्लास लिनपर्दछ ।प्रशिक्षणको शुल्क १८०० देखि २८०० कतारी रियाल सम्म लाग्दछ ।
कतारमा रहेका केही उत्कृष्ट ड्राइभिङ्ग स्कुलहरु
डल्ला ड्राइभिङ्ग एकेडेमी,इन्डस्ट्रियल एरिया
फोन नं +974 4487 1423
कर्वा ड्राइभिङ्ग स्कुल, इन्डस्ट्रियल एरिया
फोन नं +974 4458 8865
युनाइटेड ड्राइभिङ्ग स्कुल,दोहा
फोन नं +974 4468 1003
अल खेब्रा ड्राइभिङ्ग एकेडेमी,दोहा
फोन नं +974 4451 6353
गल्फ ड्राइभिङ्ग स्कुल,दोहा
फोन नं +974 4465 3666
सबै प्रक्रिया पुरा गरेपछि मात्र ट्रायल दिन पाईन्छ । फेल भएमा फेरि १ महिना पछि ट्रायल दिन पाइन्छ । पुन ट्रायल दिन हलुका सवारीको २५० र हेभीको लागि ३०० कतारी रियाल शुल्क लाग्दछ ।