१७ जना नेपालीलाई आममाफी
इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा दिइने आममाफी क्रममा यसपटक १७ जना नेपाली कैदीहरुले आममाफी पाएका छन्।कतारस्थित कारागारमा बन्दी जीवन बिताइरहेका नेपाली कैदी बन्दीहरुलाई नियमानुसार आममाफी दिन नेपाली राजदूतावासले कतार सरकार समक्ष आग्रह गरेको थियो।
दूतावासको अनुरोध बमोजिम निजहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट उक्त अवसरमा १७ जना नेपाली कैदीहरु लाई आममाफी सहित रिहाइ गरिएको हो।
त्यस्तै बाँकी २९ जना नेपाली कैद भुक्तानीको क्रममा रहेको दूतावासले आज प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो