"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

अनिवार्य रुपमा मास्क लगाउन पर्ने

सेवा दिने क्षेत्रमा काम गर्ने र निर्माण क्षेत्रमा काम गर्ने कामदारले अनिवार्य रुपमा मास्क लगाउन पर्ने नियम कतार सरकारले लगाएको छ । त्यस्तै ग्राहकलाई मास्क नलगाई कुनैपनि सुपरमार्केटमा प्रवेश गर्न नदिईने भएको छ ।

नियम आइतबार अप्रिल २६ देखि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लागू हुनेछ ।

हिजो बसेको मन्त्रीपरिषदको बैठकमा भएको निर्णय अनुसार सामान किन्न जाने ग्राहकले बिना मास्क मार्केट छिर्न पाउने छैनन् । त्यस्तै पसलले पनि बिना मास्क कसैलाई प्रवेश गर्न नदिन बताईएको छ ।

भाइरस बाट बच्न चालिएको सुरक्षाको कदम अन्तर्गत सरकारी तथा निजि क्षेत्रमा सेवा दिने कामदार र निर्माण क्षेत्रका कामदारले पनि कामको समयमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ । नियम पालना गर्न गराउन त्यस क्षेत्रका अधिकारीहरु जिम्मेवार रहने मन्त्रालयले बताएको छ ।

नियम उल्लंघन गर्ने जो कोहिलाई १९९० को कानुन नम्बर १७ बमोजिम तीन वर्ष जेल सजाय वा दुई लाख रियाल जरिवाना वा ती मध्ये एकको सजाय हुने मन्त्रालयले बताएको छ ।

निजी सवारीमा चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने

निजी सवारीमा आज अप्रिल २५ देखी अर्को सुचना नआउन्जेलसम्म चालकसहित दुई जना भन्दा बढी चढ्न नपाउने भएको छ । नियम परिवार र कम्पनीको सवारीमा भने लागू नहुने मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button