"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

अब ३५ वर्ष भन्दा माथिका व्यक्तिले खोप लगाउन पाउने

जनस्वास्थ्य मन्त्रालयले कोभिड -१९ बिरूद्ध लगाइने खोपको योग्यताका लागि उमेर सीमा फेरी कम गरेको छ । दोस्रो चरणको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत अब ३५ बर्ष भन्दा बढी उमेर भएकाहरुले सजिलै सँग खोप लगाउन सक्ने भएका छन् ।

यस अघि उमेरको हदबन्दी ४० वर्ष देखि माथिका लाई थियो ।

खोपको योग्यताका लागि उमेर सीमा ३५ गर्नाले कतारको जनसंख्याको ठूलो क्षेत्रले खोप लिन र कोभिड -१९ बिरूद्ध सुरक्षित हुन थप मद्दत गर्ने विश्वास लिईएको, कोभिड १९ का लागि राष्ट्रिय स्वास्थ्य रणनीतिक समूहका अध्यक्ष र हमद मेडिकल कर्पोरेशनमा संक्रामक रोग प्रमुख डा. अब्दुल्लातिफ अल खलले बताएका छन् ।

हाल फाइजर भ्याक्सिन १६ बर्ष र सो भन्दा माथिका लाई र मोडेर्ना भ्याक्सिन १८ बर्ष वा सो भन्दा माथिका व्यक्तिलाई लगाइने छ ।
फाइजर  बायोटेक खोपको पहिलो डोज लगाएको २१ दिन र मोडेर्ना खोप लगाएको २८ दिन पछी फेरी दोस्रो डोज लगाउन पाईन्छ ।

पहिलो पटक खोप लगाउनको लागि मन्त्रालयको वेबसाइट मार्फत आफ्नो नाम दर्ता गराउनु पर्नेछ । अहिले खोप लगाउने प्राथमिकताको सुचिमा आफु नपरेपनि नाम दर्ता गर्न सकिने र पालो आएपछि मन्त्रालयले स्वास्थ्य केन्द्र र मिती तोकेर एसएमएस मार्फत खोप लगाउन बोलाउनेछ ।

अब बाँकी रहेका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ,सम्पूर्ण कतारी नागरिक र ३५ वर्ष देखि माथिका आप्रवासी नागरिकलाई खोप लगाउने काम हुनेछ ।  मन्त्रालय अनुसार डिसेम्बर २३ देखि आज अप्रिल १७ तारिख सम्म १२ लाख २५ हजार १ सय १० डोज खोप लगाई सकिएको छ ।

खोप सबैलाई निशुल्क रहने छ तर अनिवार्य म्याद नसकिएको कतारी परिचय पत्र (क्युआईडी ) भने आवश्यक पर्दछ ।

खोप अभियान बारे मन्त्रालयले दिएको रिपोर्ट अनुसार कतारमा तीन मध्ये एक व्यक्तिले कम्तिमा एउटा खोप लगाईसकेका छन् भने कम्तीमा १० लाख जनसंख्या भएको देशहरूमा प्रति १०० जनालाई दिइने कुल खोपको लागि कतार विश्वको नवौं स्थानमा छ ।

खोप नलगाएका हरुले अब नाम दर्ता कसरी गर्ने ? 

१. राष्ट्रिय प्रमाणीकरण प्रणाली (नास) मा आफ्नो खाता खोल्नुहोस । नयाँ खाता खोल्न यहाँ  थिच्नुहोस् । पहिलेनै खाता हुनेहरुले यहाँ  थिच्नुहोस् ।

त्यसपछि आइडी र पासवर्ड हालेर लगइन गर्नुहोस ।

अब तपाईंले खोपका लागि फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

२. आफ्नो रोजगारको पद छान्नुहोस ।

३. भए आफ्नो हेल्थ कार्डको नम्बर हाल्नुहोस । (अनिवार्य छैन )

४. खोप लगाउन इच्छुक छु भन्ने बक्समा ठिक लगाउनुहोस ।

यस्तो थियो कोभिड १९ बिरूद्ध राष्ट्रिय खोपका चरणहरु 

पहिलो चरण (डिसेम्बर ९,२०२० देखि ३१ मार्च २०२१ सम्म) 

  • कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सरसफाई कर्मचारी ।
  • प्रमुख कर्मचारी र पहिलो प्रतिक्रियाका कर्मचारी (एम्बुलेन्स टीम, गृह मन्त्रालय, रक्षा मन्त्रालय, तेल र ग्यास क्षेत्र, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट र कतार एयरवेज)
  • ७० वर्ष भन्दा माथिका दीर्घकालीन हेरचाहका बिरामी र घर हेरचाहमा रहेका व्यक्तिहरु ।
  • भाइरस बाट जोखिम भएका दीर्घकालीन रोग भएका वयस्कहरु ।
  • ५० देखि ६९ उमेर समुहका सबै मानिसहरु ।
  • अन्य स्वास्थ्यकर्मी,आवश्यक कर्मचारी र ५० प्रतिशत शिक्षा क्षेत्रका कर्मचारी ।

हाल चलिरहेको दोस्रो चरण (अप्रिल १ देखि जून ३०, २०२१ सम्म) 

  • पहिलो चरणमा समावेश नभएका स्वास्थ्यकर्मीहरु । भाइरस बाट बढी जोखिम भएका मन्त्रालय तथा उद्योगका अत्यावश्यक कामदारहरू ।
  • खाना, हाउसकीपिंग, यातायात, ट्याक्सी ड्राइभर र सैलुन क्षेत्रका कामदारहरू । बाँकी शिक्षा क्षेत्रका कर्मचारी ।
  • पहिलो चरणमा समावेश नभएका विभिन्न रोग भएका व्यक्तिहरू ।
  • ४० वर्ष भन्दा माथिका व्यक्तिहरु, ३५ भन्दा माथिका उमेर हुनेहरु पनि अब योग्य ।

तेस्रो चरण (जुन १ देखि जुलाई ३१, २०२१ सम्म)

  • युवा तथा बालबालिका ( बालबालिकाको हकमा खोप प्रयोगका लागि अनुमति आएपछि )
  • पहिलो र दोस्रो चरणमा समावेश नभएका उद्योगमा काम गर्ने कामदारहरु ।

चौथो चरण (अगस्ट १ देखि अक्टोबर ३१, २०२१ सम्म)

पहिलो,दोस्रो र तेस्रो चरणमा खोप लगाउन नपाएका वा छुटेका व्यक्तिहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button