अमिरले जिसीसी सम्मेलनमा कतारको प्रतिनिधित्व गर्ने
क्युएनए
अमिर शेख तमिम बिन हमाद अल थानी साउदी अरेबिया प्रस्थान गर्नुभएको छ ।
राजधानी रियादमा आज हुने ४२ औं जिसीसी सम्मेलनमा भाग लिन कतारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमिर त्यसतर्फ जानुभएको कतार न्युज एजेन्सीले बताएको छ ।
सम्मेलनमा जिसिसी भित्र देशहरुको सम्बन्ध थप सुदृढ बनाउने लगायत सुरक्षा ,अर्थतन्त्र र अन्य राजनीति जस्ता मुख्य विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
शिखर सम्मेलनमा बहराइनका राजा हमाद बिन इसा अल खलिफा, कुवेतका युवराज शेख मिशाल अल अहमद अल जाबेर अलसबाह र ओमानका उपप्रधानमन्त्री सय्यद फहद बिन महमूद अल–साइदले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछन् ।
यसै वर्षको जनवरीमा भएको ४१ औं जिसीसी सम्मेलन पछि खाडीका प्रतिनिधीहरुको यो पहिलो भेटघाट हो । त्यतीबेला साढे तीन वर्ष लामो खाडी समस्या समाधान गर्न एतिहासिक अल उला सम्झौता भएको थियो ।
One Comment