अरब कपको लागि अन्तिम चरणको टिकट बिक्री सुरु
फिफा अरब कप २०२१ का लागि अन्तिम चरणको टिकट बिक्री हिजो बाट सुरु भएको छ ।
विश्वकप सुरु हुन ठिक एक वर्ष बाकी हुँदा अरब कप यसै वर्षको नोभेम्बर र डिसेम्बर महिनामा कतारले आयोजना गर्दैछ ।
प्रतियोगितामा आयोजक कतार सहित १६ राष्ट्रले सहभागिता जनाउने छन् । नोभेम्बर ३० मा हुने प्रतियोगिताको पहिलो खेलमा अल बायत रंगशालाको उद्घाटनसंगै कतारले बहराइनको सामना गर्नेछ । सोही रंगशालामा कतारको राष्ट्रिय दिवसको अवसर पारेर प्रतियोगिताको समापन हुनेछ । सोही दिन युएई विरुद्ध सिरियाको खेल हुने रस अबु अबौद रंगशालाको पनि उद्घाटन हुँदैछ ।
२०२२ विश्वकपका लागि निर्माण हुने आठ रंगशाला मध्ये प्रतियोगिता अल बायत , अल थुमामा,अह्मद बिन अलि, एजुकेसन सिटी ,रस अबु अबौद र अल जनौब रंगशाला गरि जम्मा ६ रंगशालामा खेलहरु सन्चालन हुनेछन् ।
टिकट कसरी लिने ?
प्रतियोगिताको लागि अन्तिम चरणको टिकट हिजो २५ अक्टोबर देखि प्रतियोगिताको अन्त्य सम्मका लागि खुला गरिएको छ । भिसा कार्ड प्रयोगकर्ताले टिकट फिफाको वेबसाईट बाट खरिद गर्नुपर्नेछ । त्यस्तै नोभेम्बर दोस्रो हप्ता देखि प्रतियोगिताको टिकट दोहा एग्जिबिसन सेन्टर ,अल कास्सर मेट्राे स्टेशन बाट खरिद गर्न सकिनेछ । टिकट खरिद गरिसकेपछि अनिवार्य फ्यान आईडी बनाउनुपर्नेछ । फ्यान आईडी fac21.qa मा अनलाइन निवेदन दिएर सजिलै संग बनाउन सकिनेछ ।
टिकटको मुल्य २५ रियाल देखि २४५ रियाल बिच रहेको छ ।