अल बायत रंगशाला पार्कको उद्घाटन फेब्रुअरी ११ मा हुने
लगभग तीस वटा फुटबल मैदान बराबरको अल बायत रंगशाला पार्क कतारको खेलकुद दिवसका दिन उद्घाटन गरिने भएको छ । यो वर्ष कतारको राष्ट्रिय खेलकुद दिवस फेब्रुअरी ११ तारिक परेको छ ।
अल बायत रंगशाला संगै रहेको यस पार्क अल खोर लगायत स्थानीय वासिन्दाका लागि मनोरञ्जन गर्ने अर्को गन्तब्य बन्ने विश्वास गरिएको छ ।
नगरपालिका काउन्सिलका सदस्य अब्दुल्लाह अल मेरेखीले आफ्नो सामाजिक संजालमा पार्कको तस्वीर सार्वजनिक गर्दै मङलबार पर्ने खेलकुद दिवसमा रमाइलो गर्न सम्पुर्ण वासिन्दा तथा परिवारलाई निम्तो समेत दिएका छन् ।
पार्क बाट रंगशालाको दृश्य नजिकै देखि नियाल्न सकिन्छ । रंगशाला कतारको वर्तमान र इतिहास झल्किने गरि वरपर टेण्टले ढाकेको छ ।
पार्कमा रुख रोपिएको पैदलमार्ग ,ताल,अन्य पानीको क्रियाकलाप संगै खेल्नका लागि ठुलो स्थान रहेको छ । पार्कमा वनभोज संगै बाहिरको हरियाली हेर्न मिल्ने कुर्सीहरु पनि राखिएको छ ।