"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

आजबाट आइपिएलको लिलामी,साढे १२ करोड भारु बिके बेन स्टोक्स

इन्डियन प्रिमियर लिग (आइपिएल) को एघारौं संस्करणका लागि खेलाडीहरूको लिलामी सुरु भएको छ । दुई दिनसम्म चल्ने लिलामीको प्रक्रियामा विश्व चर्चित खेलाडीको किनबेच हुनेछ। यसपालि ५ सय ७८ खेलाडी अक्सनमा समावेश छन्। २००८ देखि सुरु भएको आइपिएल विश्वमै सर्वाधिक चासोका साथ हेरिने टि–२० प्रतियोगिता हो। यसलाई विश्व क्रिकेटमा हुने सबैभन्दा ठूलो लिलामी पनि मानिन्छ।

यसपालि ८ वटा फ्रेन्चाईजले १८ खेलाडीलाई आफ्नो टोलीमा समावेश गराइसकेका छन्। बाँकी १ सय ८२ भाग्यमानी खेलाडीका लागि बोली लाग्दैछ। एघारौं संस्करणको आइपिएलमा ६२ खेलाडी यस्ता छन्, जसले आफ्नो देशबाट अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व गरिसकेका छन्। यसपालि २ सय ९८ ‘अन क्याप्ड’ भारतीय खेलाडीलाई लिलामीमा समावेश गरिएको छ।

इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स १२ करोड ५० लाख भारतीय रुपैयाँमा आईपीएल टीम राजस्थान रोयल्समा आबद्ध भएका छन् । शनिबार भएको आईपीएल अक्सनको पहिलो सेसनमा सबैभन्दा बढी मूल्य स्टोक्सले पाएका हुन् । यसका अलावा अस्ट्रेलियन फास्ट बलर मिचेल स्टार्कलाई कोलकत्ता नाइट राइडर्सले ९ करोड ४० लाख, भारतीय स्पिनर रविचन्द्रन अश्विनलाई किंग्स इलाभेन पञ्जावले ७ करोड ६० लाख, शिखर धवनलाई सनराइजर्स हैदरावादले ५ करोड २० लाख र अजिंक्या रहानेलाई राजस्थान रोयल्सले ४ करोडमा खरिद गरेका छन् ।

आईपीएल अक्सनमा पहिलोपटक एक नेपाली खेलाडी पनि सामेलछन् ।अनक्याप्ड प्लेयरको सूचीमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेको नाम पनि समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button