बिज्ञापन

आज जुन १४ तारिख, बिहिवार। रमादान २९, विश्वकप फुटबल आज बाट सुरु

अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन १४ तारिख । बिहिवार। नेपाली मितिः २०७५ साल जेठ ३१ गते । रमादान २९
शकसंवत् १९४०।  नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष । तिथि– प्रतिपदा, २३:४५ बजेउप्रान्त द्वितीया।नक्षत्र–मृगशिरा, १६:०२ बजेउप्रान्त आर्द्रा। योग–शूल, ७:०९ बजेदेखि गण्ड, २८:१४ बजेउप्रान्त वृद्धि। करण– किंस्तुघ्न, १२:५४ बजेदेखि वव, २३:४५ बजेउप्रान्त वालव। आनन्दादिमा मृत्यु योग।  चन्द्रराशि– मिथुन ।

दोहामा सूर्योदयः बिहान ४:४३ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२५ मा हुनेछ  ।

राहुकालः १३:१५ देखी १४ :५७ बजे सम्म  । शुभ मुहूर्त : ११:०७ देखी १२:०१ ।

आज रोजाको समय बिहान ३:१४ देखि बेलुका ६:२८ बजे सम्म रहनेछ
आज रमादानको अन्तिम दिन हुनेछ भने भोली ईद रहनेछ ।  

अाजको मौसम

आज दोहाको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३४ डिग्री सेल्सियस बिच रहने छ ।

 

 

आजको विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २९ रुपैंयाँ ६४ पैसा र नेपाली बिक्रि दर २९ रुपैंयाँ ८० रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ


२४ क्यारेट सुन = १६१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १५१.०० कतारी रियाल रहेको थियो ।

आज बाट फुटबलको महाकुम्भ यानी विश्व कप फुटबल सुरु हुँदैछ । २१औं संस्करणको विश्कप फुटबल रसियाका ११ शहर मा धन्नै एक महिना चल्ने छ र ३८ मिलियन अमेरिकी डलर पुरस्कार राशी रहेको यो खेलमा ३२ राष्ट्र सामेल हुदैछन् । 

आज को खेल
कतारको समय अनुसार साँझ ५:३० बजे उद्घाटन समारोह हुनेछ ।
साँझ ६ बजे  : रुस विरुद्ध साउदी अरेबिया

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button