आज थप ५४ जनामा भाइरस देखियो
आज थप ५४ जनामा भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ८३५ पुगेको छ । त्यस्तै हालसम्म ७१ जना निको भएर घर फर्किएका छन् भने जम्मा २४८२५ जनाको जाँच भएको छ ।
आज भाइरस देखिएका मध्येहरु केहि विदेश बाट आएका छन् भने प्राय पुरानै बिरामी बाट संक्रमितहरु छन् । भाइरस सम्बन्धि कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिन्छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/8akLzyxywo
— وزارة الصحة العامة (@MOPHQatar) April 1, 2020
भाइरस बाट हालसम्म कतारमा २ जनाको मृत्यु भएको छ ।
थप नयाँ ५४ जना मध्ये अधिकाँश संक्रमित ब्यक्तिको नजिक सम्पर्कमा गएका र होसियारी नअपनाएकाहरु छन् । त्यसैले छिन छिनमा सावुन पानीले हात धोऔं । सेनिटाईजर प्रयोग गरौं । कुराकानी गर्दा २ मीटर जति टाढै (सोसल डिस्टेन्स) बाट गरौं ।
यो पनि पढौ
निजी क्षेत्रका कामदारले ६६ घण्टा मात्र काम गर्नुपर्ने