आज महिला स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम हुने
नेपाली महिला समाज कतारले आज महिला स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गर्दैछ ।
अनलाइन मार्फत आयोजना हुन लागेको कार्यक्रमलाई एनआरएनए ग्लोबल नेपाली हेल्थ टिम र एनआरएनए एनसीसी कतारले सहकार्य गरेको छ । कार्यक्रम नेपाली दुतावास ,महिला समाज र क्युएन खबर लगायतको फेसबुक पेज बाट बेलुका ७ : १५ बजे प्रत्यक्ष प्रशारण हुनेछ ।
वैदेशिक रोजगारीको शिलसिलामा कतार आएका नेपाली महिलामा देखिने विभिन्न स्वास्थ्य समस्या र त्यसको समाधानबारे जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रममा सन्जीव सापकोटा ,नितेश अर्याल र सुमित्रा सापकोटा लगायतका डाक्टरहरुको सहभागिता रहनेछ।
महिला सम्बन्धित स्वास्थ्य समस्या नेपाली महिला समाजको फेसबुक इनबक्समा कार्यक्रम अगावै पठाउन सकिनेछ । त्यस्तै कार्यक्रमको दौरान च्याटबक्समा पनि आफ्नो समस्या राख्न सकिनेछ।
कार्यक्रममा प्रतक्ष्यसहभागी हुन :
जुम मिटिङ्ग आईडी- 87051346485
पासवोर्ड- 2022