आज विश्वकप २०१८ को फाइनल, फ्रान्स विरुद्ध क्रोएसिया भिड्दै
रसियामा जारी विश्वकप फुटबलअन्तर्गतको आइतबार साँझ ६ बजे हुने फाइनल खेलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न लागेको फ्रान्सको सामना गर्दैछ । तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले २० वर्षअघि पेरिसमा प्राप्त सफलता दोहोर्याउन चाहेको छ । क्रोएसिया र फ्रान्स विश्व फुटबलको सबैभन्दा ठूलो सफलता चुम्नबाट मात्रै केही घण्टाको पर्खाइमा छन् ।
फिफाको विश्व वरियतामा २०औँ वरियतामा रहेको डालिक नेतृत्वको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरियतामा रहेको टोली हो । अहिलेसम्म फुटबलमा पाएको यो उनीहरूको सबैभन्दा ठूलो सफलता हो । २० वर्षअघि उनीहरू विश्वकप फुटबलमा तेस्रो स्थानमा पुगेका थिए । तर त्यसबेला पनि उनीहरू सेमिफाइनलमा फ्रान्सबाट पराजित भएका थिए । – नारायणी अन्लाईन
यो पनि पढ्नुहोस्
कतारमा हुने विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म