आज १९८ जनाको रिपोर्ट पोजेटिभ
गएको २४ घण्टामा १९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १२४ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १७३ जना स्थानीय र २५ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४४,२४० पुगेको छ ।
मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १०,३२३ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २४५ रहेको छ र निको हुनेको संख्या १,४१,६८० पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – २६ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २५६ जना
आईसीयुमा भर्ना भएका – ३ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ३१ जना
आज सम्म जाँच भएको संख्या – १२,४८,३६६ जना
अझै निको हुन बाँकीको संख्या : २,३१५ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।