बिज्ञापन

आज ४,२०६ जनामा भाइरस देखियो

कतारमा कोरोना संक्रमितको संख्या केहि दिन देखि तिब्रताको साथ उकालो लागेको छ ।

आज देशभर थप ४,२०६ जनामा कोरोना भाइरस संक्रमण र ९६३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कतारमा कोरोनाभाइरसको महामारी सुरु भएयता यो अहिलेसम्मकै उच्च संक्रमित संख्या हो ।

आज भाइरस देखिएका मध्ये ३,८३८ जना स्थानिय र ३६८ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,८२,९०४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३९,०५२ जनालाई परिक्षण गरिएको थियो ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पतालमा उपचार भैरहेका जम्मा – ५६६ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – ६० जना

निको हुनेको संख्या : २,५०,५७०

आज सम्म खोप वितरण : ५३,४४,५३२

बुस्टर डाेज खोप वितरण : ३,९३,००७

आजको खोप वितरण : २७,२२४

निको हुन बाँकीको संख्या : ३१,७१३

ज्यान जानेको संख्या : ६२१ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
15
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button