बिज्ञापन

आफ्नो विवरण कसरी दर्ता गर्ने ?

आफ्नो विवरण कतार सरकारलाई बुझाउनुपर्ने कानून  २७ जनवरी बाट लागू भैसकेको छ । कागजी ठेगाना प्रणालीलाई डिजिटल प्रविधीमा लग्दै विधुतिय सरकारको विकास गर्न यस कानूनको मुख्य रणनीति रहेको मन्त्रालयले भनेको छ ।

सार्वजनिक सुरक्षा अन्तर्गतको राष्ट्रिय ठेगाना विभागका प्रमुख कर्नेल अब्दुल्ला जाएद अल सह्लीले ठेगाना रजिस्टर गर्ने प्रक्रिया निकै सजिलो हुने बताएका छन् ।

राष्ट्रिय ठेगाना कानून (२०१७ को कानून नम्बर २४) अनुसार कतारमा रहेका सम्पुर्ण नागरिक तथा आप्रवासीले आफ्नो हालको ठेगाना ,फोन नम्बर,ईमेल ,कम्पनीको ठेगाना र आफ्नो स्थायी (स्वदेश) ठेगाना जुलाई २६ तारिक भित्र अनिवार्य रुपमा सरकारलाई बुझाउनु पर्नेछ ।

आफ्नो विवरण कसरी बुझाउने ?

कानून लागू भएपछि सरकारलाई आफ्नो विवरण मन्त्रालयको वेबसाईट , मोबाईल मार्फत मेट्राश २ एप वा नजिकै रहेको आन्तरिक मन्त्रालयको सेवा कार्यालयमा गएर बुझाउन सकिन्छ । यी मध्ये आफ्नो मोबाइल बाट नै मेट्राश २ एप मार्फत विवरण बुझाउदा सबैभन्दा सजिलो रहेको छ ।

उदाहरणको लागि भरिएको फारम ।

 

मेट्राश २ एप बाट कसरी दर्ता गर्ने ?

– सुरुमा मेट्राश २ एप डाउनलोड गर्नुहोस ।
– मेट्राश २ एपमा आफ्नो आईडी र फोन नम्बर हालेर सुचारु गर्नुहोस ।
– त्यसपछी Register national address मा जानुहोस ।
– त्यहाँ आफ्नो नाम,ठेगाना,फोन नम्बर,ईमेल लगायत सोधिएको सम्पुर्ण विवरण हालेर Next थिच्नुहोस ।

मेट्राश २ एप कसरी सुचारू गर्ने ?

नबुझाए के हुन्छ ?

कानून लागू भएको ६ महिना भित्र आफ्नो विवरण नबुझाए राष्ट्रिय ठेगाना कानून अन्तर्गत धारा ६ बमोजिम १० हजार रियाल सम्मको जरिवाना हुनसक्ने कानूनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button