इरानमा भुकम्प,कतारमा धक्का महसुस
कतारको राष्ट्रिय सूचना नेटवर्कले इरान नजिकैको पुर्वी अरेबियन गल्फमा भुकम्प गएको बताएको छ ।
त्यस क्षेत्रमा आज मात्रै ३.७ र ५.२ रेक्टर बीचका सात भुकम्प गएको र त्यसमध्ये एकको धक्का कतार लगायत खाडी मुलुकहरुमा पनि महसुस भएको विभागले बताएको छ ।
भौगोलिक हिसाबले अरेबियन प्लेट र इरानी प्लेटबीचको टकराबका कारण यस क्षेत्रमा भुक्म्प आउने रिपोर्टमा उल्लेख गरिएको छ ।
यस्ता भुकम्पले कतारलाई कुनै खतरा नभएको विभागले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो