ईदमा बिच घुम्ने योजना बनाउनु भएको छ ?
वातावरण मन्त्रालय बलदियाले इदमा सर्वसाधारण र परिवारको लागि समुन्द्री तट अर्थात बिच निर्धारण गरेको छ । जसमध्ये ४ वटा परिवार , २ वटा महिला र एक श्रमिक र एकल व्यक्तिको लागि छुट्टयाइएको छ ।
यस्तो छ निर्धारण गरिएको बिच (लोकेसन सहित)
📍 सिलाइन बिच (परिवारको लागि मात्र)
📍 अल घरिया बिच (परिवारको लागि मात्र)
📍 सिमैस्मा बिच (महिलाको लागि मात्र)
📍अल ममलह बिच (महिलाको लागि मात्र)
📍 अल वक्रा बिच (परिवारको लागि मात्र)
📍 अल फर्अकिया बिच, अल खोर (परिवारको लागि मात्र)
📍 अल खराइज बिच (एकल व्यक्ति र श्रमिकको लागि मात्र)
उम बाबको स्थित अल-खराइज समुद्र-तट (बिच) इदमा श्रमिकहरुका लागि खुला गरिएको छ । यो समुद्र-तट लाई ईदको सुखद छुट्टीको आनन्द लिनको लागि आवश्यक सुबिधाहरुले सुसज्जित गरिएको मन्त्रालयले बताएको छ ।
समुद्री तटमा क्रिकेट, फुटबल, र बिच भलिबल जस्ता खेल मैदानहरू समावेश छन् । यस बाहेक अन्य बिचमा एकल पुरुषलाई प्रवेश निषेध गरिएको छ ।
अल-खराइज बिच जाने बाटो