ई- पासपोर्टको लागि एपोइन्टमेन्ट सेवा सुरु
कतारस्थित नेपाली दूतावासले ई- पासपोर्टको लागि प्रि इनरोलमेन्ट बुकिङ सुरु गरेको छ ।
दूतावासले सूचना प्रकाशित गर्दै आजकै मिति देखि विधुतिय राहदानीको आवेदन दिन प्रि इनरोलमेन्ट बुकिङ सेवा सुरु गरेको बताएको छ । ई- पासपोर्ट बनाउन शुल्क एमआरपी सरह नै रहनेछ ।
दोहा बाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरि काठमाडौंस्थित राहदानी विभागबाट आज पहिलो राहदानी तयार भएको छ ।
ई पासपोर्ट प्रणाली प्रयोगमा ल्याउने कतारमा रहेको दूतावास पहिलो नेपाली दूतावास बनेको छ ।
हालको प्रारम्भिक चरणमा सिमित व्यक्तिका लागि मात्र सेवा सुरु गरिएको छ । अहिले राहदानीको म्याद सकिएका वा तीन महिना भन्दा कम समय बाकी भएकाहरुले मात्र आवेदन दिन दूतावासले बताएको छ ।
प्रि इनरोलमेन्ट बुकिङ गर्ने तरिका
१. https://emrtds.nepalpassport.gov.np/ मा जाने ।
२. राहदानीको प्रकार छान्नुहोस ।
पहिलोपटक राहदानी बनाउने ( कतारमा जन्मेको वा हस्तलिखित राहदानी भएको अवस्थामा
एमआरपी राहदानी नवीकरण
राहदानी हराएको वा चोरी भएको अवस्थामा
विभिन्न कारणले राहदानी बिग्रेको अवस्थामा
३. सोधिएको अन्य विवरण भर्ने ,आवश्यक कागजात अपलोड गर्ने ।
४. दोहा छानेर उपलब्ध भएको मिति र समय रोजेर एपोइन्टमेन्ट बुक गर्ने ।
५. फारम बुझाउने र आएको बारकोड सहितको फारम डाउनलोड गरि प्रिन्ट गर्ने । दूतावास जाद सो फारम साथमै लाने ।
राहदानी हराएको वा म्याद सकिएको अवस्थामा तुरुन्तै नेपाल जानपरे दूतावासले यात्रा अनुमतिपत्र जारी गरिदिनेछ ।
प्रि इनरोलमेन्ट गर्न चाहिने कागजपत्र
१. नागरिकताको पहिलो र दोस्रो पेज छुट्टाछुट्टै ।
२. हालको राहदानीको पहिलो र पेज ३०,३१ छुट्टाछुट्टै ।
३. १६ वर्ष भन्दा मुनिका बालबालिकाको हकमा आमाबुबाको नागरिकता र बिबाह दर्ता प्रमाणपत्र ।
४. कतारमा जन्मेका बालबालिकाको हकमा यहाँको परराष्ट्र मन्त्रालय र नेपाली दूतावासले प्रमाणित गरेको यहाँबाट जारी भएको जन्मदर्ता प्रमाणपत्र ।
५. माथी सोधिएका सम्पुर्ण कागजपत्र दूतावास जादा साथमा लानुपर्ने ।